नियम
नाबालक अपाङ्ग वा मानसिक अवस्था ठीक नभएको व्यक्तिको नाममा आएको धनादेशको भुक्तानी

(१) नाबालकको नाममा आएको धनादेशको भुक्तानी दिंदा निजको आमा वा बाबुको दस्तखत गराइ भुक्तानी दिईनेछ । आमा बाबु दुवै नभएको नाबालकको नाममा आएको धनादेशको भुक्तानी दिदा एकजना साक्षी राखी नाबालक जुन व्यक्तिको साथमा बसेकोछ सोही व्यक्तिको दस्तखत गराई भुक्तानी दिइनेछ ।
(२) अपाङ्ग वा मानसिक अवस्था ठीक नभएको व्यक्तिको नाममा आएको धनादेशको भुक्तानी निज आमा बाबुको साथमा बसेको रहेछ भने आमा वा बाबुको दस्तखत गराइ भुक्तानी दिईनेछ । निज अन्य कुनै व्यक्तिको साथमा रहे बसेको भए एकजना साक्षी राखी त्यस्तो साथमा राख्ने व्यक्तिको दस्तखत गराई भुक्तानी दिइनेछ । तर धनादेशको भुक्तानी सम्बन्धी सबै प्रक्रियाको ज्ञान भएको अपाङ्ग व्यक्तिको नाममा आएको धनादेशको भुक्तानी निजलाई नै दिइनेछ ।